Posts

Showing posts from February, 2013

मजदुर आन्दोलन र विदेशी लगानी

  कमलकुमार बस्नेत सरकारले सन् २०१२÷०१३ लाई लगानी वर्षका रुपमा मनाउने घोषणा गरेको थियो । तर, सरकारले गरेको घोषणा भने घोषणामै सीमित भएको छ । विदेशी लगानी ल्याउने र मुलुकलाई आर्थिक उन्नतिको बाटोमा पहिल्याउँछु भन्दै भाषण दिने नेताहरु पहिले नै आएका विदेशी लगानीलाई संस्थागत तथा स्थायी गराउन सकिरहेका छैनन्, जसको उदाहरण हाम्रासामु प्रष्टै छ । सन् २००४ मा स्थापना भएको सूर्य नेपाल गार्मेन्टमा तत्कालीन समयमा ७० करोड रुपैयाँ लगानी भएको थियो । कम्पनीले प्रसिद्ध ब्रान्ड जोन प्लेयर तथा स्प्रिङउडका नाममा कपडा उपत्पादन गर्दै आएको थियो । उत्पादन स्वदेशमा मात्रै नभई विदेश– भारत, फ्रान्स, क्यानडा, इटाली तथा अमेरिकामा निकै प्रसिद्ध थिए । यसका तयारी पोसाक ८५ प्रतिशत विदेश र १५ प्रतिशत नेपालमा खपत हुन्थे । करिब नौ वर्षअघि विदेशमा नेपाली उत्पादनको खपत कम भइरहेका बेला स्थापित सूर्य नेपाल गार्मेन्टले आर्थिक विकासमा निकै सहयोग पु¥याएको थियो । तर, मजदुरहरु विभिन्न ११ बुँदे माग अगाडि सार्दै आन्दोलनमा उत्रिएपछि बाध्य भएर करोडौं लगानीको कारखाना बन्द गर्नुपर्ने अवस्था आयो । यसले गर्दा करिब ६ सय मजदुरले