सावधान ! चुरोटले तनाव कम गर्दैन


तपाई चुरोट किन सेवन हुन्छ ?
सहज उत्तर हुन सक्छ तनाव कम गर्नका लागि ।
तर, अनुसन्धानकर्ताहरुका अनुसार जसले धुमपान सेवन सदाका लागि छाड्छ उसले त्यसपछि कम तनाव महसुस गर्छ । बेलायतमा ब्रिटिश जनरल अफ साइकेष्ट्रीहरु करिब ५ सय मानिसलाई चुरोट छाड्नका लागि एक बिशेष शिविरमा राखि अनुसन्धान गरेका थिए ।

अनुसन्धान पश्चात चुरोट छाड्ने ६८ मानिसमा तनावको स्तरमा कमी आएको देखिएको थियो । तर, जसको मुड बदलिरहन्छ उनीहरुमा भने तनावको कमी बढी रहेको पाइएको थियो । अनुसन्धानकर्ताहरुको अनुसार अनुसन्धानको उद्देश्य चुरोट छाड्न चाहनेहरुका लागि प्रेरित भएको बताएका थिए । अनुसन्धानका क्रममा चुरोट छाड्न नसक्नेहरुमा भने तनावको स्तर अझ बढ्ने देखिएको थियो ।


Comments

Popular posts from this blog

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

चिसोबाट बच्न हात्तिले खाए भोड्का

मजदुर आन्दोलन र विदेशी लगानी