चौपट ‘धन्दा’का लागि ७४० शब्द



‘धन्दा’ फराकिलो र आधुनिक राजमार्गमा हिँड्न खोजेको थोत्रो गाडी हो । जुन गाडीले सँगै रहेका यात्रुको मनोभावलाई बुझ्न सक्दैन । २ घण्टाको पट्यारलाग्दो यात्रामा यात्रुले अत्याचारबाहेक केही पनि पाउँदैनन् ।  

बाहिरबाट हेर्दा निकै आकर्षण ढंगले सुसजित गाडीभित्र सामान त छन तर, ठाउँमा छैनन, केही अनावश्क सामान छन् । यात्रामा गाडी विग्रदै चल्दै जान्छ । यतीसम्म कि दर्शकले गन्तव्यमा कतिबेला पुगिएला र आनन्दसँग बस्न पाइएला भन्नेबारेमा बढी सोच्न थाल्छन् ।

चलचित्रमा कथालाई सुन्दर बनाउने नाममा भद्या श्रृंगार गरिएको छ । अर्को शब्दमा भन्दा यौनकर्मीहरुले ग्राहक आर्कषण गर्न गरेको उत्ताउलो श्रृंगार जस्तो ।


चलचित्रको सुरुवात अस्पतालबाट हुन्छ । जहाँ अर्जुनको उपचार भैरहेको छ । डाक्टर भन्छ ‘उ मेडिकल क्षेत्रमा अपवाद घटनाको पात्र हो, कमै हुन्छन जो यस्तो घटनामा परी बाँच्न सफल हुन्छन् ।’ पर्दामा कथाका दृश्य बग्दै जाँदा अतितका घटनाहरु पनि फ्ल्यासब्याकमार्फत एक पछि अर्को गर्दै आउँछन । फ्ल्यासब्याकसँगै कथाले रहस्य पनि खोल्दै जान्छ । 
चलचित्रको इन्ट्रोले केही छ है शरीर भरी खुकुरीको चोट, टाउकोमा जमेको रगत बोकेर अर्जुन अस्पतालबाट भाग्छ । त्यसपछि विभिन्न स्थानमा भौतारिँन थाल्छ । तर, उ किन हिँडेको हो भन्नेबारे दर्शक बेखबर हुन्छन । यहाँसम्मकी एक जनालाई कोठाभित्रै बन्दी बनाउँदा र अर्को एकलाई कार दुर्घटनामा पारी हत्या गर्दा समेत दर्शकले किन ? कारणको सुर्इँको समेत पाउँदैनन् । 

अर्जुन भागेपछि उसको खोजीमा नत अस्पताल प्रशासनले नै गर्छ नत देशको जिम्मेवार प्रहरी प्रशासनले नै । अस्पतालमा प्रहरीले बिरामीलाई इंकित गर्दै ‘यसको घरपरिवारलाई त चासो छैन हाम्लाई केको चासो ’ 
वाक्य निकै अव्यवहारिक लाग्छ र चलचित्रको कमजोरी पनि त्यहीबाट सुरु हुन्छ ।


सुरुदेखि नै डरलाग्दो मेकअप र रगतले डर र त्रास सिर्जना गर्ने प्रयास गरिन्छ । यसले दर्शकको सहानुभुती बटुल्न सकिन्छ भन्ने भ्रम सायद निर्देशकमा भएको हुनुपर्छ । चलचित्रको नायकले दर्शकको मन आफूतर्फ आकर्षित गर्न सक्दैन । किनभने सुरुमै नायकमा हुने कुनै पनि गुण उसमा देखिन्न । बरु एकाएक अपराधिक शैलीमा प्रस्तुत हुने अर्जुनलाई खलनायक पो होकि भन्ने भान दर्शकमा पर्छ ।   


अर्जुन गाउँको सरकारी शिक्षक । बुबाको भनसुनका आधारमा पाएको १२ हजारको जागिर । कोठाको भित्तामा झुण्ड्याइएका आधा दर्जन जति मेडल, प्रमाणपत्र र विद्यालयको चौरमा उभिदा उसले लगाएको पोशाकले उ खुलकूदको शिक्षक जस्तो देखिन्छ । आफ्नो कुनै पनि क्षमता नभएपनि धनी हुने सपना बोकेको छ अर्जुनले । 

पैसा कमाउने सपनामा अमेरिका जाने र महिनाको एक डेढलाख कमाउने सपना साँचेको छ । धनि भएपछि बुबा आमा र पत्नीलाई राम्रोसँग पाल्न र राख्न सँकु भन्ने आम नेपालीको जस्तै चाहना पनि छ । सँगै भविष्यमा जन्मनै बच्चालाई लिएर पनि उ निकै उत्साही र सचेत देखिन्छ । 

विदेशीने र मनग्य आम्दानी गर्ने रहर भएका युवा र बुबाको सोचाइमा तालमेल मिल्दैन । रुखो स्वभावको बुबाका अगाडि राम्रोसँग बोल्न पनि नसक्ने छोरालाई एक शिक्षकका रुपमा उभ्याइएको छ । परम्परागत चलचित्रमा जस्तै बाबुले गाली गर्ने र आमा माया गरी फकाउने परिपाटी स्थापित गराउने प्रयास चलचित्रले गरेको छ । 

गाउँले नाताले मामा पर्ने अशोक । गाउँका सोझा र सिधा जनशक्तिलाई बैदेशिक रोजगारीको लोभ देखाउँदै शहरसम्मको बाटो देखाउने चरित्र । उसैको लोभमा घरलाई बन्धकीमा राखेर फाइनान्सबाट ९ लाख रुपैयाँ लोन लिन्छ र राजधानीको बाटो तताउँछ । जहाँ उसलाई अमेरिका पु¥याउनका लागि दलालहरु उसँगै आउने पैसाको आगमनको पर्खाइमा बसेका छन् ।

दलालले अमेरिका उड्ने निश्चित गराएपछि अर्जुन एक दिनका लागि होटलमा जान्छ । तर, ६ दिनसम्म पनि केही नहुँदा समेत उ होटलमै बसिराख्छ । मानौ उ अमेरिका जान जाहेकै छैन । उसलाई कसैले जवर्जस्ती कसैले अमेरिका लैजान खोज्दैन र उ भागेर होटलमा लुकेको छ । 

यहाँ निर के बुझ्नु पर्छ भने के कुनै पनि व्यक्ति घर बन्धकी राखेर ल्याएको ९ लाख अपरिचितलाई बुझाएर उसले भनेकै भरमा ६ दिनसम्म बिना संकोच बिताउन सक्छ ? त्यो पनि एक्लै ? एक दिनपछिको भिजा डेट ६ दिन हुँदा कुनै व्यक्ति अपरिचित शहरमा एक्लै आरामले बस्न सक्छ ? चलचित्रले यस्ता अनेकौ विषयलाई सम्बोधन गर्ने प्रयास समेत गर्दैन् । 

तर, दलालले भने जस्तो एक दुई दिनभित्रै अमेरिका जान सक्दैन । सँगै लाखौ रुपैयाँ पनि डुबिसकेको हुन्छ । अमेरिका जाने सपना चक्नाचुर भएपछि ‘अमेरिका जान्न पैसा फिर्ता चाहियो’ भन्दै एक दिन म्यानपावर जान्छ । 

तर, उसलाई बारम्बार दलालकोमा धाउनु भने पर्दैन, पहिलो पटकमा जाँदा नै थोरै रिस देखाए कै भरमा दलाल ९ लाख दिन राजी हुन्छन तर, भोलि बिहान ११ बजे मात्रै । तर, पैसा दिनुको साटो उसलाई मरणासन्न हुने गरी कुटेर फालिन्छ । 

कथा जति संवेदनशील हुनुपर्ने हो उति देखिदैन । नौ लाख डुबेको, घर बन्धकी राखेको (आम) पीडितको प्रतिनिधित्व गर्न पात्र हरेक दृष्टिले असफल देखिन्छ । अनुहार, हाउभाव, व्यवहार र क्रियाकलाप कतै र कुनै पनि एंगलबाट पनि सर्वाेस्व लुटिए जस्तो देखिदैन । 

चलचित्रमा पीडित पात्रलाई वदला लिने समयमा कहिले निकै डरलाग्दो र कहिले निकै कमजोर रुपमा प्रस्तुत गरिएको छ ।   चलचित्रको सवल पक्ष अर्जुनको अनुहार र शरीरको मेकअप वास्तविक लाग्छ । गीत संगीत पनि मन छुने छ । 

कथा फरक छैन तर कथामा फरक प्रस्तुती दिने (असफल) प्रयास गरिएको छ । निर्देशक सुदर्शन थापाले प्रस्तुतिकरणमा कमजोर देखिएका छन् । यहाँ निर्देशकले बुझ्नु पर्ने कुरा के छ भने २ मिनेट जतिको ट्रेलर बनाएर युट्युवमा राखी प्रचार गर्न जति सजिलो छ त्यति नै गाह्रो छ पूरा फिल्म बनाउन र चलाउन । 


Comments

Popular posts from this blog

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

चिसोबाट बच्न हात्तिले खाए भोड्का

मजदुर आन्दोलन र विदेशी लगानी