५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो


संसारमा सबैभन्दा बढी खोलिने/हेरिने/प्रयोग गरिने साइट गुगल डट कम हो । गुगलको माध्यमबाट धेरै प्रडक्टहरु लोकप्रिय भए । केहीले यसैबाट खर्बौ रुपैयाँसमेत कमाए । तर, गुगलले आफ्नै केही प्रडक्डहरु भने लोकप्रिय बनाउन सकेन । गुगलले लञ्च गर्ने कतिपय प्रोडक्ट भने फ्ल्प भएका छन् । गुगलका त्यस्ता प्रडक्टहरुमध्ये कति बन्द भए त कतिका नाम परिवर्तन भए ।





गुगल वेभ
गुगलले केही वर्ष पहिले सुरु गरेको गुगल वेभ प्रडक्ट अगष्ट २०१२ मा आइपुग्दा बन्द भयो । यो सेवा अन्तर्गत प्रयोगकर्ताहरुले एक अर्कोमा दोहोरो कुराकारनी गर्न सकिन्थ्यो । त्यस्तै एउटा प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग फाइल शेयरसमेत गर्ने सुविधा समेत थियो ।

गुगल बज 
गुगल प्लसलाई यसअघि गुगल बजका रुपमा चिनिथ्यो । गुगल बजमा सोसल नेटवर्किङका साथमा म्यासेज टुलको समेत सुविधा थियो । तर, ग्राहकहरुले मन नपराएपछि यसलाई गुगल प्लसका रुपमा अगाडि सारिएको थियो ।


गुगल डेक्सटप
गुगलले गुगल डेक्सटपलाई सन् २०११को सेम्पटेम्बरमा सुरु गरेको थियो । गुगल ब्लग पोष्टका अनुसार गुगल डेक्सटप टुलको साहयताले युजरले अनलाइन÷अफलाइन डाटा पाउन सक्थे । तर, पछि समस्या आएपछि यो पनि बन्द गर्नुपरेको थियो ।

गुगल नोटबुक 
गुगल नोटबुक एक प्रकारको पब्लिक टुल थियो । जसमा युजरहरुले डकुमेन्टलाई शेयर गर्न सक्थे । गुगलले सेप्टेम्बर २०११ मा यो सर्भिस पनि बन्द गरिदियो । नोटबुक सर्भिसका प्रयोगकर्ताहरुका डकुमेन्टस गुगल डक्समा ट्रान्सफर गरिएको थियो ।
गुगल फ्रेन्ड कनेक्ट
गुगल फ्रेन्ड कनेक्ट एक प्रकारको सोसल नेटवर्किङ साइट जस्तै थियो । जसमा युजर एक अर्कोसँग कुराकानीहरु शेयर गर्न सक्थे । गुगलले सन् २०११ को मार्च महिनामा यो सेवा पनि बन्द गरिदियो ।

Comments

Popular posts from this blog

चिसोबाट बच्न हात्तिले खाए भोड्का

मजदुर आन्दोलन र विदेशी लगानी