कुकुर पाल्ने संस्कृतिविरुद्ध अफ्रिकी राष्ट्रपति


दक्षिण अफ्रिकी सरकारले राष्ट्रपति ज्याकोब जुमाले कुकर प्रेमीहरुप्रति देखाएको घृणाबारे स्पष्ट पार्न माग गरेको छ । राष्ट्रपति जुमाले भने बुधबार एक ¥यालीमा सहभागी हुँदै कुकुर पाल्नु गोराको संस्कृति भएको र अफ्रिकी संस्कृति नभएकाले आफू त्यसको विरोध उत्रिएको बताएका थिए ।

तर, राष्ट्रपतिका प्रवक्ता म्याक महाराजले जुमाले पशुको तुलनामा मान्छे महत्वपूर्ण भएको भन्दै राष्ट्रपतिले सचेत गराउन खोजेको दाबी गरे । म्याकका अनुसार जुमाले सन् १९९४ मै गोरा जातीको उपनिवेशवाद सकिएको र अब अफ्रिकी संस्कृतीलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए ।

दक्षिण अफ्रिकाको मर्करी नामक अखबारले उल्लेख गरेअनुसार राष्ट्रपति जुमाले हजारौ मानिस सहभागी ¥यालीलाई क्वाजुलु–नटारमा सम्बोधन गर्दै भने ‘मानिसहरु जो कुकुर किन्न र पाल्नका लागि पौसा खर्च गर्छन त्यो गोरा संस्कृतिसँग सम्बन्धित छ ।’ उनले थपे ‘वर्तमान अफ्रिकामा यस्ता पिढी छ जो आफ्नो संस्कृति बिर्सेर अन्य समूहको जीवनशैली अपनाउन चाहन्छ ।’ ¥यालीलाई सम्बोधन गर्दैै उनले अगाडि भने ‘यदी कसैले कपालमा  कुनै पनि प्रकारको लोसन  जति नै पटक लगाएपनि कपाल सेतो हुँदैन ।’


राष्ट्रपतिको उक्त भनाइलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु आइरहेका छन । पेट–लभरहरुले उनको भनाइलाई पशुहरुको विरोध गरेको भन्दै आलोचना गरेका छन भने केहीले यसलाई जातिवादसँग जोडेर हेरेका छन् ।

Comments

Popular posts from this blog

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

चिसोबाट बच्न हात्तिले खाए भोड्का

मजदुर आन्दोलन र विदेशी लगानी