गान्धीको पत्र करिब ५० हजार पाउण्डमा बिक्री


महात्मा गान्धीद्वारा लिखित एक पत्र ४९ हजार २ सय ५० पाउण्डमा बिक्री भएको छ । गान्धीले उक्त पत्र रविन्द्रनाथ टैगोरका दाई द्विजेन्द्रनाथ टैगोरलाई लेखेका थिए । पत्र पूर्वानुमानभन्दा ७ गुणा बढी  मूल्यमा बिक्री भएको हो । गान्धीले उक्त पत्र १९२२ मा साबरमती जेलमा रहँदा लेखेका थिए ।

पेन्सिलले लेखिएको उक्त दुई पाना पत्रमा गान्धीले भारतको शान्ति प्रक्रिया तत्कालिन समयमा आफ्नो दृढ्ताका लागि लागि महत्वपूर्ण भएको उल्लेख गरेका छन् । गान्धीले उनलाई योङ इन्डियन जर्नललाई सहयोगको सन्देश पठाउन भनेका थिए । लन्डनस्थित साउथ बेमा पत्रलाई ५ देखि ७ हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको थियो । उक्त लिलामीमा गान्धीले लेखेको अर्को पत्रको पनि लिलामी भएको थियो ।  ५ हजार ६ सय २५ पाउण्डमा बिक्री भएको थियो । उनले उक्त पत्र सन् १९२२ मा एक अज्ञान मित्रलाई लेखेका थिए ।


Comments

Popular posts from this blog

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

चिसोबाट बच्न हात्तिले खाए भोड्का

मजदुर आन्दोलन र विदेशी लगानी