चिसोबाट बच्न हात्तिले खाए भोड्का


रसियाको नोभोसिब्रिस्क क्षेत्रमा दुई वटा हात्तिलाई चिसोबाट बचाउनका लागि भोड्का पिलाइएको रसियाका अधिकारीहरुले बताएका छन् । क्रमशः ४५ र ४८ वर्षे उमेरका हात्तिहरुको ज्यान माइनस ४० डिग्री तापक्रमका कारण जोखिममा थियो ।

त्यसैले, चिसोबाट बचाउनका लागि उनीहरुलाई दुई केस भोड्का (२४ बोतल) मनतातो पानीमा घोलेर पिलाइएको थियो । भोड्का पिएपछि हात्तिहरु चिच्चाएका थिए । ‘हात्तिहरु जंगलमा जस्तै उन्मतरुपमा चिच्चाएका थिए, उनीहरु खुसी देखिन्थे’ रसियाका अधिकारीहरुले भनेका छन् ।


हात्तिहरुलाई थप उपचारका लागि प्रहरीले ट्रकमा राखि स्थानीय कलेजमा उपचार गरेको थियो । मानिसहरुको जस्तै जनावरहरुको शरीर पनि रक्सीका कारण तात्ने बैज्ञानिकहरुले बताएका छन् । तर, कोस्मोलसक्या प्राभ्डा समाचारपत्रले भने नोभोस्ब्रिक चिडियाघरका निर्देशकलाई उदृत गर्दै हात्तिहरुलाई भोड्काले कुनै पनि प्रकारको हानी तथा मताह नबनाउने बताएको उल्लेख गरेको छ । निर्देशकले भने ‘यदी भोड्काको प्रयोग नगरेको भए हात्तिहरु हाइपोथर्मिया तथा निमोनियाका कारण मर्न सक्थे ।’

Comments

Popular posts from this blog

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

मजदुर आन्दोलन र विदेशी लगानी