Posts

Showing posts from 2012

कुकुर पाल्ने संस्कृतिविरुद्ध अफ्रिकी राष्ट्रपति

Image
दक्षिण अफ्रिकी सरकारले राष्ट्रपति ज्याकोब जुमाले कुकर प्रेमीहरुप्रति देखाएको घृणाबारे स्पष्ट पार्न माग गरेको छ । राष्ट्रपति जुमाले भने बुधबार एक ¥यालीमा सहभागी हुँदै कुकुर पाल्नु गोराको संस्कृति भएको र अफ्रिकी संस्कृति नभएकाले आफू त्यसको विरोध उत्रिएको बताएका थिए । तर, राष्ट्रपतिका प्रवक्ता म्याक महाराजले जुमाले पशुको तुलनामा मान्छे महत्वपूर्ण भएको भन्दै राष्ट्रपतिले सचेत गराउन खोजेको दाबी गरे । म्याकका अनुसार जुमाले सन् १९९४ मै गोरा जातीको उपनिवेशवाद सकिएको र अब अफ्रिकी संस्कृतीलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए । दक्षिण अफ्रिकाको मर्करी नामक अखबारले उल्लेख गरेअनुसार राष्ट्रपति जुमाले हजारौ मानिस सहभागी ¥यालीलाई क्वाजुलु–नटारमा सम्बोधन गर्दै भने ‘मानिसहरु जो कुकुर किन्न र पाल्नका लागि पौसा खर्च गर्छन त्यो गोरा संस्कृतिसँग सम्बन्धित छ ।’ उनले थपे ‘वर्तमान अफ्रिकामा यस्ता पिढी छ जो आफ्नो संस्कृति बिर्सेर अन्य समूहको जीवनशैली अपनाउन चाहन्छ ।’ ¥यालीलाई सम्बोधन गर्दैै उनले अगाडि भने ‘यदी कसैले कपालमा  कुनै पनि प्रकारको लोसन  जति नै पटक लगाएपनि कपाल सेतो हुँदैन ।’

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

Image
संसारमा सबैभन्दा बढी खोलिने/हेरिने/प्रयोग गरिने साइट गुगल डट कम हो । गुगलको माध्यमबाट धेरै प्रडक्टहरु लोकप्रिय भए । केहीले यसैबाट खर्बौ रुपैयाँसमेत कमाए । तर, गुगलले आफ्नै केही प्रडक्डहरु भने लोकप्रिय बनाउन सकेन । गुगलले लञ्च गर्ने कतिपय प्रोडक्ट भने फ्ल्प भएका छन् । गुगलका त्यस्ता प्रडक्टहरुमध्ये कति बन्द भए त कतिका नाम परिवर्तन भए ।

गान्धीको पत्र करिब ५० हजार पाउण्डमा बिक्री

Image
महात्मा गान्धीद्वारा लिखित एक पत्र ४९ हजार २ सय ५० पाउण्डमा बिक्री भएको छ । गान्धीले उक्त पत्र रविन्द्रनाथ टैगोरका दाई द्विजेन्द्रनाथ टैगोरलाई लेखेका थिए । पत्र पूर्वानुमानभन्दा ७ गुणा बढी  मूल्यमा बिक्री भएको हो । गान्धीले उक्त पत्र १९२२ मा साबरमती जेलमा रहँदा लेखेका थिए । पेन्सिलले लेखिएको उक्त दुई पाना पत्रमा गान्धीले भारतको शान्ति प्रक्रिया तत्कालिन समयमा आफ्नो दृढ्ताका लागि लागि महत्वपूर्ण भएको उल्लेख गरेका छन् । गान्धीले उनलाई योङ इन्डियन जर्नललाई सहयोगको सन्देश पठाउन भनेका थिए । लन्डनस्थित साउथ बेमा पत्रलाई ५ देखि ७ हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको थियो । उक्त लिलामीमा गान्धीले लेखेको अर्को पत्रको पनि लिलामी भएको थियो ।  ५ हजार ६ सय २५ पाउण्डमा बिक्री भएको थियो । उनले उक्त पत्र सन् १९२२ मा एक अज्ञान मित्रलाई लेखेका थिए ।

चिसोबाट बच्न हात्तिले खाए भोड्का

Image
रसियाको नोभोसिब्रिस्क क्षेत्रमा दुई वटा हात्तिलाई चिसोबाट बचाउनका लागि भोड्का पिलाइएको रसियाका अधिकारीहरुले बताएका छन् । क्रमशः ४५ र ४८ वर्षे उमेरका हात्तिहरुको ज्यान माइनस ४० डिग्री तापक्रमका कारण जोखिममा थियो । त्यसैले, चिसोबाट बचाउनका लागि उनीहरुलाई दुई केस भोड्का (२४ बोतल) मनतातो पानीमा घोलेर पिलाइएको थियो । भोड्का पिएपछि हात्तिहरु चिच्चाएका थिए । ‘हात्तिहरु जंगलमा जस्तै उन्मतरुपमा चिच्चाएका थिए, उनीहरु खुसी देखिन्थे’ रसियाका अधिकारीहरुले भनेका छन् ।