Posts

राराको सुन्दरता नियाल्दा

Image
–कमलकुमार बस्नेत अंग्रेजीमा एउटा भनाइ छ, HEAVEN IS MYTH NEPAL IS REAL यदि यो वाक्यलार्इ सत्य मान्ने हो भने रारा त्यही स्वर्गको एउटा टुक्रा हो जसले नेपाललाई स्वर्ग बनाएको छ । अझै भनाै न यदि सबैले राम्रो मान्ने स्वर्ग सत्य छ भने रारा पनि त्योभन्दा कम छैन । यस अर्थमा प्रकृतिका उत्कृष्ट सिर्जनामध्ये एक ‘रारा ताल’ पनि  हो । रारा यती सुन्दर लाग्छ कि सुन्दरतालाई बयान गर्ने सबै खाले ‘उपमा’हरु पनि सायद कमै हुन्छन । ‘रारा ताल’ पुग्ने जो कोही पनि यसको सुन्दरताबाट मोहित हुन्छन । व्यस्त दैनिकीको  चक्रबाट केही दिन अलग्गिएर रारा पुग्ने जो कोही पनि राराको सुन्दरताको गहिराइमा डुबुल्की मार्न बाध्य हुन्छन । हामी रारा पुग्दा कोही भिडियो खिँच्दै राराको बयान गरिरहेका थिए त कोही सुन्दरतालाई तस्बिरमा जीवित बनाउँदै थिए । रारा तालको छेउमा उभिएर विभिन्न कोणबाट तस्बिर कैद गर्दै आफूलाई राराको सुन्दरतामा साक्षी बनाउँदै गर्नेहरु पनि सयाैं थिए । केही वर्ष मात्रै अगाडिसम्म भौगोलिक रुपमा विकट मानिने रारा कालिकोटदेखि मुगुसम्म पुग्ने बाटो खुलेपछि निकै सहज भएको छ । सुर्खेतदेखि रारासम्मको यात्रामा भने ब

मजदुर आन्दोलन र विदेशी लगानी

  कमलकुमार बस्नेत सरकारले सन् २०१२÷०१३ लाई लगानी वर्षका रुपमा मनाउने घोषणा गरेको थियो । तर, सरकारले गरेको घोषणा भने घोषणामै सीमित भएको छ । विदेशी लगानी ल्याउने र मुलुकलाई आर्थिक उन्नतिको बाटोमा पहिल्याउँछु भन्दै भाषण दिने नेताहरु पहिले नै आएका विदेशी लगानीलाई संस्थागत तथा स्थायी गराउन सकिरहेका छैनन्, जसको उदाहरण हाम्रासामु प्रष्टै छ । सन् २००४ मा स्थापना भएको सूर्य नेपाल गार्मेन्टमा तत्कालीन समयमा ७० करोड रुपैयाँ लगानी भएको थियो । कम्पनीले प्रसिद्ध ब्रान्ड जोन प्लेयर तथा स्प्रिङउडका नाममा कपडा उपत्पादन गर्दै आएको थियो । उत्पादन स्वदेशमा मात्रै नभई विदेश– भारत, फ्रान्स, क्यानडा, इटाली तथा अमेरिकामा निकै प्रसिद्ध थिए । यसका तयारी पोसाक ८५ प्रतिशत विदेश र १५ प्रतिशत नेपालमा खपत हुन्थे । करिब नौ वर्षअघि विदेशमा नेपाली उत्पादनको खपत कम भइरहेका बेला स्थापित सूर्य नेपाल गार्मेन्टले आर्थिक विकासमा निकै सहयोग पु¥याएको थियो । तर, मजदुरहरु विभिन्न ११ बुँदे माग अगाडि सार्दै आन्दोलनमा उत्रिएपछि बाध्य भएर करोडौं लगानीको कारखाना बन्द गर्नुपर्ने अवस्था आयो । यसले गर्दा करिब ६ सय मजदुरले

Birds make music with bum notes

The positions of the droppings represented different musical notes A piece of music that was composed by waiting for bird droppings to fall onto giant sheets of manuscript paper has received its premiere. Artist Kerry Morrison laid manuscript sheets on the ground in Liverpool parks and let birds deposit their droppings. Composer Jon Hering has transformed the bum notes into a full musical score. Morrison said the 20-minute Bird Sheet Music, which was performed at the Tate Liverpool art gallery, represented the role birds play in the environment.

सावधान ! चुरोटले तनाव कम गर्दैन

Image
तपाई चुरोट किन सेवन हुन्छ ? सहज उत्तर हुन सक्छ तनाव कम गर्नका लागि । तर, अनुसन्धानकर्ताहरुका अनुसार जसले धुमपान सेवन सदाका लागि छाड्छ उसले त्यसपछि कम तनाव महसुस गर्छ । बेलायतमा ब्रिटिश जनरल अफ साइकेष्ट्रीहरु करिब ५ सय मानिसलाई चुरोट छाड्नका लागि एक बिशेष शिविरमा राखि अनुसन्धान गरेका थिए । अनुसन्धान पश्चात चुरोट छाड्ने ६८ मानिसमा तनावको स्तरमा कमी आएको देखिएको थियो । तर, जसको मुड बदलिरहन्छ उनीहरुमा भने तनावको कमी बढी रहेको पाइएको थियो । अनुसन्धानकर्ताहरुको अनुसार अनुसन्धानको उद्देश्य चुरोट छाड्न चाहनेहरुका लागि प्रेरित भएको बताएका थिए । अनुसन्धानका क्रममा चुरोट छाड्न नसक्नेहरुमा भने तनावको स्तर अझ बढ्ने देखिएको थियो ।

चौपट ‘धन्दा’का लागि ७४० शब्द

‘धन्दा’ फराकिलो र आधुनिक राजमार्गमा हिँड्न खोजेको थोत्रो गाडी हो । जुन गाडीले सँगै रहेका यात्रुको मनोभावलाई बुझ्न सक्दैन । २ घण्टाको पट्यारलाग्दो यात्रामा यात्रुले अत्याचारबाहेक केही पनि पाउँदैनन् ।   बाहिरबाट हेर्दा निकै आकर्षण ढंगले सुसजित गाडीभित्र सामान त छन तर, ठाउँमा छैनन, केही अनावश्क सामान छन् । यात्रामा गाडी विग्रदै चल्दै जान्छ । यतीसम्म कि दर्शकले गन्तव्यमा कतिबेला पुगिएला र आनन्दसँग बस्न पाइएला भन्नेबारेमा बढी सोच्न थाल्छन् । चलचित्रमा कथालाई सुन्दर बनाउने नाममा भद्या श्रृंगार गरिएको छ । अर्को शब्दमा भन्दा यौनकर्मीहरुले ग्राहक आर्कषण गर्न गरेको उत्ताउलो श्रृंगार जस्तो ।

कुकुर पाल्ने संस्कृतिविरुद्ध अफ्रिकी राष्ट्रपति

Image
दक्षिण अफ्रिकी सरकारले राष्ट्रपति ज्याकोब जुमाले कुकर प्रेमीहरुप्रति देखाएको घृणाबारे स्पष्ट पार्न माग गरेको छ । राष्ट्रपति जुमाले भने बुधबार एक ¥यालीमा सहभागी हुँदै कुकुर पाल्नु गोराको संस्कृति भएको र अफ्रिकी संस्कृति नभएकाले आफू त्यसको विरोध उत्रिएको बताएका थिए । तर, राष्ट्रपतिका प्रवक्ता म्याक महाराजले जुमाले पशुको तुलनामा मान्छे महत्वपूर्ण भएको भन्दै राष्ट्रपतिले सचेत गराउन खोजेको दाबी गरे । म्याकका अनुसार जुमाले सन् १९९४ मै गोरा जातीको उपनिवेशवाद सकिएको र अब अफ्रिकी संस्कृतीलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए । दक्षिण अफ्रिकाको मर्करी नामक अखबारले उल्लेख गरेअनुसार राष्ट्रपति जुमाले हजारौ मानिस सहभागी ¥यालीलाई क्वाजुलु–नटारमा सम्बोधन गर्दै भने ‘मानिसहरु जो कुकुर किन्न र पाल्नका लागि पौसा खर्च गर्छन त्यो गोरा संस्कृतिसँग सम्बन्धित छ ।’ उनले थपे ‘वर्तमान अफ्रिकामा यस्ता पिढी छ जो आफ्नो संस्कृति बिर्सेर अन्य समूहको जीवनशैली अपनाउन चाहन्छ ।’ ¥यालीलाई सम्बोधन गर्दैै उनले अगाडि भने ‘यदी कसैले कपालमा  कुनै पनि प्रकारको लोसन  जति नै पटक लगाएपनि कपाल सेतो हुँदैन ।’

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

Image
संसारमा सबैभन्दा बढी खोलिने/हेरिने/प्रयोग गरिने साइट गुगल डट कम हो । गुगलको माध्यमबाट धेरै प्रडक्टहरु लोकप्रिय भए । केहीले यसैबाट खर्बौ रुपैयाँसमेत कमाए । तर, गुगलले आफ्नै केही प्रडक्डहरु भने लोकप्रिय बनाउन सकेन । गुगलले लञ्च गर्ने कतिपय प्रोडक्ट भने फ्ल्प भएका छन् । गुगलका त्यस्ता प्रडक्टहरुमध्ये कति बन्द भए त कतिका नाम परिवर्तन भए ।